अबदेखि सामाजिक संजालमा गरिने विज्ञापनको आधिकारिक स्रोत खोजिने

अबदेखि सामाजिक संजालमा गरिने विज्ञापनको आधिकारिक स्रोत खोजिने

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, साउन १२ ।
सामाजिक सन्जालबाट गरिने विज्ञापनमा पनि आधिकारिकता खोजिने भएको छ । विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा संसदको विकास तथा प्रविधि समितिले सामाजिक सन्जालमा गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्ने विषयमा सहमति जुटाएको हो ।

विधेयकको दफा १२ मा आधिकारिक रुपमा जानकारी नभइ विज्ञापन गर्न नहुने विषय उल्लेख छ । विज्ञापन प्रकाशन वा प्रसारण गर्ने विद्युतीय अनलाइन, छापा वा सञ्चारमाध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभइ विज्ञापन गर्न नहुने व्यवस्था विधेयकमा छ ।

त्यसमा सांसदहरुले सामाजिक सञ्जाललाई पनि समेट्नु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए । आजको विकास समितिको बैठकमा पनि सांसदहरुले यो विषय उठाएका थिए ।

बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सामाजिक सन्जाललाई पनि समेट्दा केही फरक नपर्ने भनेपछि समितिले त्यसलाई पास गरेको हो । यससँगै सामाजिक सन्जालमार्फत् गरिने विज्ञापनमा पनि अब विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा प्रष्ट उल्लेख गर्नुपर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ