यती एअरलाइन्सको पाँचौं एटीआर काठमाडौं आईपुग्यो

यती एअरलाइन्सको पाँचौं एटीआर काठमाडौं आईपुग्यो

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं ११ साउन ।
यती एअरलाइन्सको पाचौं एटीआर काठमाडौं आईपुगेको छ । आफ्नो विमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा यतीले ७२ सिट क्षमताको पाचौं एटीआर ७२(५०० विमान भित्र्याएको हो ।
उत्पादन क्रम संख्या एमएसएन ७४० तथा नेपाली कलसाइन ९एन एएनजी रहेको बिमान आज थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो ।

पर्यटन वर्ष २०२० मा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्ने विश्वास यति एअरलाइन्सले लिएको छ ।

एटीआर ७२(५०० विमान एक फ्रान्सेली(इटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको गजबको निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सफल क्षेत्रीय क्यारियर बनेको छ । यसले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।

एटीआर ७२–५०० विमान दुई प्राट एण्ड व्हिट्नी पी डब्लु १२७ इन्जिनबाट चल्छ । ह्यामिल्टन स्टान्डर्ड कम्पोजिट प्रोपेलरहरुबाट सुसज्जित छ । उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन, इन्धन बचत, कम ध्वनी र कम ग्रीन हाउस ग्याँस उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्छन् ।

एटीआर ७२(५०० विमान एयर न्युजिल्यान्ड, एयर लिन्गस, एसएएस, एचओपी, अजुल, बैंकक एयरवेज, इन्डिगो, मालिन्दो एयर लगायतले प्रयोग गरेका छन् । सन् १९९८ देखि उडानको शुरुवात गरेको यती एअरलाइन्ससँग हाल ५ एटीआर ७२–५०० वाहेक ५ वटा जे ४१ विमान पनि छन् ।

भगिनि संस्था तारा एअरले दुई वटा डोर्निअर डो २२८ र चार वटा डीएसी ६ ट्वीनअर्टरबाट उच्च् पहाडी तथा हिमाली क्षेत्रमा सेवा दिने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ