पहिरोका कारण ६ वटा मालबाहक कन्टेनर खासामै रोकिए

पहिरोका कारण ६ वटा मालबाहक कन्टेनर खासामै रोकिए

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, ११ साउन ।
नेपालबाट चीन गएका ६ वटा मालबाहक कन्टेनर खासामै रोकिएका छन् । चीनको न्यालम खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि कन्टेनर बाटोमै अलपत्र परेका हुन् ।
भोटेकोसीको बाढी, पहिरोले क्षतिग्रस्त बनाएको मितेरी पुलदेखि न्यालम सम्मको ४० किलोमिटर सडकखण्ड कालोपत्रे गरी चीनले पुनः संञ्चालनमा ल्याएको थियो ।

वर्षा सुरु भएसँगै चीनको न्यालम क्षेत्रमा पहिरो गएपछि सामग्री ढुवानीमा समस्या भएको चिनियाँ प्रहरी अधिकारीले बताएका छन् । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले पहिरो पन्छ्याएर सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।

यताबाट गएका सवारी पहिरोको कारण खासमै रोकिएपछि हालसम्म मालवाहक सवारी आउजाउ भएको छैन चीनतर्फ पहिरो खोल्ने प्रयास जारी भइरहेको सूचना आएको छ,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भन्नुभयो ।

चिनियाँ सुरक्षाकर्मीका अनुसार पहिरो ठूलो भएकाले खोल्नको लागि अत्यधुनिक एक्जाभेटर र उपकरण प्रयोग भईरहेको छ । नाका खुलाउँदा नेपालबाट झण्डै एकसय ८२ प्रकारको सामग्री मुडा, खाद्यन्न, गलैँचा, हस्तकला लगायतका सामग्री चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो ।

व्यापारिक मालबाहक सवारी आउजाउ नियमित गर्नको लागि चीन र नेपालतर्फका प्रहरी टिमले पूर्वाधार, सुरक्षा सर्तकता योजना बनाएका छन् । यसको लागि चाइना रेलवे कन्ट्रक्सन ब्युरो (सिआरसीसी) समन्वय गरेर पहिरो, अवरोध हटाउन एक्जाभेटर तयार राखेको सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी कृष्णगोपाल गुरुङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ