सेञ्चुरी कमर्सियल बैंककोे नयां एक्सटेन्सन् काउन्टर बुढानिलकण्ठ नगरपालिकामा

सेञ्चुरी कमर्सियल बैंककोे नयां एक्सटेन्सन् काउन्टर बुढानिलकण्ठ नगरपालिकामा

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, ५ साउन ।
सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ । सो काउन्टरको औपचारीक उद्घाटन मिति २०७६ श्रावण ०५ गते आइतबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले गर्नुभएकोे छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु¥याउने उद्देश्य राखेको छ । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत श्री तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।
उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ