शहरी विकास मन्त्रालयमा पनि कार्यसम्पादन सम्झौता, जिम्मेवार भएर काम गर्न मन्त्री राईको निर्देशन

शहरी विकास मन्त्रालयमा पनि कार्यसम्पादन सम्झौता, जिम्मेवार भएर काम गर्न मन्त्री राईको निर्देशन

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौ, साउन ५ ।
शहरी विकास मन्त्रालयले पनि आफ्नो मातहतका विभाग तथा आयोजनासँग कार्यसम्पादन सम्झौता गरेको छ ।
शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा सचिव रमेशप्रसाद सिंहले शहरी विकास तथा भवन निर्माण विभाग, शहरी विकास महाशाखा, काठमाण्डौ उपत्यका बिकास प्राधिकरण, बागमती सुधार आयोजना, नगर बिकास कोष र मन्त्रालयकै प्रशासन महाशाखाका प्रमुखहरुसँग आइतवार मन्त्रालयमा कार्य सम्पादन सम्झौता गर्नुभएको हो ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणीराम गेलाल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद दवाडी, प्राधिकरणको जिल्ला आयुक्त दिलिप भण्डारी, बागमती सुधार आयोजना प्रमुख आशिष घिमिरे, नगर बिकास कोषका अध्यक्ष मणिराम महत, शहरी विकास महाशाखा प्रमुख सरिता मास्केसँग सचिव सिंहले छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
सुशासन ऐन २०६४ अनुसार सरकारी कामलाई चुस्त दुरुस्त बनाई कार्यसम्पादन प्रभावकारी बनाउन हरेक मन्त्रालयले मातहतका विभाग तथा महाशाखाका प्रमुखसँग यस्तो सम्झौतागर्ने व्यवस्था छ ।
उक्तकार्यक्रमलाई सम्बोधनगर्दै शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले कार्यसम्पादन सम्झौता अनुसार जिम्मेवारबोध भएर कामगर्न कर्मचारी निर्देशनदिनुभयो ।
मन्त्री राईले भन्नुभयो ः आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन खोज्ने कर्मचारीलाई समेत अख्तियार दुरुपयोगमा कारवाही गरिने नयाँ व्यवस्था हुन लागेको छ, त्यसैले अव नतिजामूखी भएर काम गर्नु होस होइन भने कारवाहीको भागीदार हुनुपर्ला ।
कार्यसम्पादन सम्झौताले मन्त्रालयको कामलाई छिटो छरितो सम्पनगर्न सहयोग पुग्ने बताउदै मन्त्री राईले कुनै पनि नीतिगत समस्या भए आफुलाई जानकारी गराउन मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो ।
सुशान ऐनले आफुले पाएको जिम्मेवारी छिटो भन्दो छिटो कार्यान्वयनमा लैजाने दायित्वदिएकाले कार्यसम्पादनमाहुने ढिलासुस्तीलाई समेत मन्त्रालयले सुक्ष्म रुपमामुल्याङकनगर्ने मन्त्री राईको भनाई छ ।
कार्यक्रममा शहरी सचिव सिंहले अहिलेसम्म गोप्य रुपमा कर्मचारीको मुल्याङन हुँदै आएको भन्दै कार्यसम्पादन सम्झौताले खुला रुपमा सवैको मुल्याङकन गर्ने प्रणालीको विकास गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ