काठमाडौं महानगरको आव २०७६/७७ को नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरको आव २०७६/७७ को नीति तथा कार्यक्रम पारित

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, साउन ५ ।
काठमाडौं महानगरले चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरले आज पत्रकार सम्मेलन गरी आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि परेका समुदायलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नीति तथा कार्यक्रममा हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथ लगायतका क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

यस्तै हनुमानढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा लगिने र महानगरपालिकाभित्र रहेका ऐतिहासिक, पुरातात्विक भवनलाई सिटी आर्टसको रुपमा रुपान्तरण गरी अध्ययन र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गर्न उपत्यकाभित्र छिर्ने नाकामा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी भेईकल क्लिनिङ सेन्टर निर्माण गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ