नारायणीमा दशै अगावै मिनी पानी जहाज सञ्चालनमा आउने, दिनमा तीन सिफ्ट चलाउने योजना

नारायणीमा दशै अगावै मिनी पानी जहाज सञ्चालनमा आउने, दिनमा तीन सिफ्ट चलाउने योजना

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

चितवन साउन ४ ।

नारायणी नदीमा निर्माणाधीन ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा.लिले आज भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ ।

भारतीय ग्राउण्डीमल मरिन इन्टरनेशल कम्पनीले यसको प्राविधिक पक्षको काम गरिरहेको छ । कम्पनीका निर्देशक सेवास्टिएनले नेपालमा पहिलो पटक निर्माण गरिएको क्रुजशिपले पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको पनि निर्देशक सेवास्टिएनले बताउनु भयो ।

नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ निर्माण गरिएको छ भने पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन निर्माण भइसकेको छ ।

‘मिनी पानीजहाज’ सञ्चालनका लागि आवश्यक क्र्यू मेम्वर र प्राविधिक हाल विदेशी रहेकाले दीर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएको कम्पनीको भनाइ छ ।

पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म सञ्चालन गरिनेछ भने त्यसपछि मुग्लिन र तल त्रिवेणीधामसम्म लैजान थप अध्ययन गरिने निर्माण पक्षले जनाएको छ ।

दुई सय क्षमताको ‘मिनी पानीजहाज’मा १५ जना क्यू मेम्बर हुनेछन् । भरतपुर महानगरपालिका वडा नः १६ काप्रेघाटलाई मुख्य केन्द्र बनाएर देवघाटदेखि गोलाघाटसम्म ‘मिनी पानीजहाज’लाई तीन सिफ्ट चलाउने योजना छ । बर्षाको तीन महिना भने ‘मिनी पानीजहाज’ बन्द गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ