ललितपुर महानगरद्वारा ५ अर्ब बढीको बजेट पारित

ललितपुर महानगरद्वारा ५ अर्ब बढीको बजेट पारित

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

ललितपुर, १ साउन ।

ललितपुर महानगरपालिका आर्थिक वर्ष २०७६÷७७ का लागि ५ अर्ब बढीको बजेट पारित गरेको छ ।

महानगरको मंगलबार बसेको चौथो नगरसभाले ५ अर्ब ३१ करोड ४३ लाख ५७ हजार बजेट पारित गरेको हो ।

बजेटमा पूर्वाधार, मूर्त तथा अमूर्त सम्पदा संरक्षण, हरियाली संरक्षण लगायतलाई प्राथमिकतामा राखिएको छ ।
पूर्वाधार निर्माण र हरियाली प्रवर्द्धन प्राथमिकतामा राखिएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।

महानगरका हरेक वडालाई विकास सूचांकंका आधारमा ३ किसिमले वर्गिकरण गरि बजेट छुट्याएको छ ।

जसमध्ये पहिलो वर्गमा परेका वडा नम्बर १, ६ ७, ८, १०, ११ र १९ मा १ करोड ६५ लाख बजेट विनियोजन गरिएिको छ । दोस्रोमा परेका २, ३, ४, ५, ९, १३, १४, १५ र १७ नम्बर वडामा २ करोड रुपैयाँ र तेस्रो किसिममा परेका वडा नम्बर १२, १६, १८ , २० २१ , २२, २३, २४, २५, २६, २७, २८ र २९ लाई २ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
महानगरका सबै वडाको विकास समान गतिमा नभएकाले वर्गिकरण गरी विकास खर्च बजेट छुट्याइएको महानगर प्रमुख महर्जनले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ