इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो

इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं ३१ असार ।
सर्वसाधरणले तिर्ने इन्टरनेटको शुल्कमा १३ प्रतिशत बृद्धि भएको छ । कार्यान्वयन भने भोलिबाट हुनेछ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि कार्यान्वयन नगरेकाले आफूहरुले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको बताउनु भयो ।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको भट्टले बताउनु भएको छ ।

तर सरकारले दूरसञ्चार नियमावली संशोधन नगरेकाले आफूहरुलाई धेरै आर्थिक भार परेकाले ग्राहकहरुसँग उठाउने निर्णय गरेको उहाको भनाइ छ । अब इन्टरनेट प्रयोगकर्ता ग्राहकले आफूले तिर्दै आएको शुल्कमा १३ प्रतिशत शुल्क थपेर तिर्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी