आइतवारसम्म निजी आवास अनुदानका लागि सम्झौता गर्न सक्ने

आइतवारसम्म निजी आवास अनुदानका लागि सम्झौता गर्न सक्ने

  • शनिबार, असार २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ, २१ असार ।
लाभग्राहीले भोली आइतवारसम्म निजी आवास अनुदानका लागि सम्झौता गर्न सक्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्लाहरुमा परिपत्र जारी गरी अहिलेसम्म आवास अनुदानका लागि सम्झौता नगरेका लाभग्राहीले आइतबारसम्म सम्झौता गर्न सक्ने जनाएको हो ।

प्राधिकरणले सम्झौता गर्न आजसम्मको समय दिएको भए पनि आइतबारसम्म सम्झौता गर्न सकिनेगरी जिल्ला जिल्लामा परिपत्र गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
प्राधिकरणले अब पनि अनुदानका लागि सम्झौता नगरे उनीहरुलाई सूचीबाटै हटाउने यसअघि नै निर्णय गरिसकेको छ । लाभग्राही सूचीमा रहेका प्रभावितले आइतबारसम्म अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिनुपर्नेछ ।
समयसीमा तोक्नुअघिसम्म झण्डै ६० हजार भूकम्प प्रभावितले सम्झौता गरेका थिएनन् । तर अहिले यो संख्या घटेर झण्डै ४८ हजारमा झरेको छ ।

तोकिएको समयसीमा आइतबार अन्तिम भएकाले त्यसपछि सम्झौता नहुने र लगत लिएर सम्झौता नगर्नेलाई सूचीबाट हटाउन आवश्यक प्रक्रिया सुरु हुने पनि सहप्रवक्ता घिमिरेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ