नयाँ बजेटसँगै भारतमा सुन र इन्धनमा लाग्ने कर थपियो, नेपाली बजार प्रभावित हुने

नयाँ बजेटसँगै भारतमा सुन र इन्धनमा लाग्ने कर थपियो, नेपाली बजार प्रभावित हुने

  • शुक्रबार, असार २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं २० असार ।
भारतमा आज सार्वजनिक गरिएको नयाँ बजेटले इन्धन र सुनमा थप कर लागाउने नीति लिए पछि यसको असर नेपाली बजारमा पनि पर्ने सक्ने देखिएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको बजेटमा सुन र कच्चा इन्धनको आयतमा लाग्ने शुल्क वुद्धि गरिएको छ । नयाँ बजेटसँगै भारतमा सुनमा लाग्दै आएको आयात शुल्क १० प्रतिशतबाट बढेर १२.५ प्रतिशत पुगेको छ भने कच्चा तेल आयातमा सडक तथा पूर्वाधार कर नाममा एक रुपैयाँ थपिएको छ ।

बजेटको उक्त व्यवस्थाले भारतीय बजारमा सुन र इन्धनको मूल्य महँगो हुनेछ । भारतीय बजारमा उतार चढाव हुने सुनको मूल्यले नेपाली बजारलाई प्रभाव पार्ने नेपाल सुनचाँदी व्यवसायी महासंघ वरिष्ठ उपाध्यक्ष मनिकरत्न शाक्याले बताउनु भएको छ ।

सुनको मूल्य बढ्ने सम्भावना रहे पनि यति नै बढ्छ भनेर यकिन चै अहिलै गर्न नसक्ने शाक्यको भनाइ छ । इन्धनमा लगाइएको थप करले नेपालले आयत गर्ने पेट्रोलियम पदार्थको मूल्यमा सामान्य वृद्धि हुने नेपाल आयत निगमले जनाएको छ ।

निगमका अनुसार भारतीय बजेटकै कारण देखाएर तत्कालै पेट्रोलियम पदार्थको मूल्य भने नबढ्ने प्रष्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ