काठमाडौं, असार १९ ।
नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आज राष्ट्रियसभामा बजेट छलफलमा भाग लिँदै उहाँले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य नगरेसम्म बजेट प्रभावकारी नहुने दावी गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहेका नेता देवले बजेट निर्माणमा अर्थ मन्त्रालय बाहेकका मन्त्रालयलाई पनि भूमिका दिनुपर्ने बताउनुभयो । अर्थ मन्त्रालयको एकाधिकार तोड्ने र मुख्य मुख्य योजनामा प्रदेश सरकारको धारणा लिने दुई वटा नीतिगत परिवर्तन (पोलिसी सिफ्ट) नभएसम्म बजेटको अर्थ नहुने नेता देवले भनाई थियो ।
नेता देवले बजेट विनियोजनमा अहिलेको मनलाग्दी प्रवृत्ति अन्त्य गर्नुपर्ने पनि उल्ल्ोख गर्नुभयो । बजेट निर्माणमा क्रमभंगता ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline