नदी किनारको अधिग्रहणमा परेका जग्गाको मुआब्जा वितरण गर्न सरकारलाई निर्देशन

नदी किनारको अधिग्रहणमा परेका जग्गाको मुआब्जा वितरण गर्न सरकारलाई निर्देशन

  • आइतवार, असार ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, असार ८ ।
संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समिति र कृषि सहकारी तथा प्राकृतिक श्रोत साधन समितिले नदी किनारको अधिग्रहणमा परेका जग्गाको मुआब्जा वितरण गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज सिंहदरवारमा वसेको समितिको संयुक्त बैठकले यस्तो निर्देशन दिएको हो । विकास आयोजनाका क्रममा प्रयोग हुने नदी छेउछाउका जग्गाको मुआब्जा पीडितलाई उपलब्ध गराउन समितिले ध्यानाकर्षण गराएको हो ।

समितिका सदस्यहरुले पीडितको पहिचान गरि उनीहरुलाई मुआब्जा दिन ढिलाई गर्न नहुने बताएका छन् । दर्ता भइसकेका जग्गाको मुआब्जा दिनु राज्यको दायित्व भएकोले आलटाल नगरी सम्बन्धित पक्षलाई क्षतिपूर्ति दिन उनीहरुले जोड दिएका छन् ।

यसैगरी सांसदहरुले नदीको बहाव नै परिवर्तन गराइ कब्जा गरिएको जग्गाको अनुगमन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन ध्यानाकर्षण गरेका छन् । हालसम्म नदी किनारका ६ सय भन्दा बढी जग्गाको मुआब्जा वितरण भैसकेको छ भने १ सय ८८ रोपनी जग्गाको मुआव्जा दिन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ