बुटवल ६ असार ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रमा व्यवसायिक संस्कार (कर्पोरेट कल्चर) को कमी रहेको टिप्पणी गर्नुभएको छ ।
कर्पोरेट कल्चरको अभावमा लगानीको प्रतिफल सोचे अनुसार आउन नसकेको औंल्याउंदै मुख्यमन्त्रीले लगानीकर्तामा जोखिम मोल्ने क्षमता हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल उद्योग परिसंघद्वारा आयोजना हुन लागेको तेस्रो पूर्वाधार लगानी सम्मेलन–२०१९ को सन्दर्भमा आज बुटवलमा आयोजित प्रदेशस्तरिय अन्तर्क्िरयामा मुख्यमन्त्री पोखरेलले निजी क्षेत्रले आफ्नो व्यवससायिक क्षमताको विकास र बैकिङ प्रणालीको क्षमता बृद्धि जरुरी बताउनु भएको हो ।
लगानीको सही प्रतिफल लिन लक्ष्य र योजना निर्धारण गरेर तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न मुख्यमन्त्रीले सुझाव दिनुभएको छ । निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकारको उपस्थिति, सहभागिता र सहयोग कुन रुपमा हुनु पर्ने भन्ने किटान गरी सुझाव दिन पनि मुख्यमन्त्री पोखरेलले उद्योगीहरुसँग आग्रह गर्नुभयो ।
उहाले प्रदेश ५ मा औद्योगिक लगानीको उपयुक्त वातावरण रहेकोमा सबै पक्ष सहमत भएको अवस्थामा त्यसलाई अझ फराकिलो र सहकार्यको मोडेल कस्तो बनाउनु जरुरी छ भन्ने विषयमा सुझाव दिन पनि आग्रह गर्नुभएको छ ।