प्रदेश १ को आर्थिक विधेयक पारित, प्रगतिशील कर प्रणाली लागु गरिएकाे छः आङ्म्बो

प्रदेश १ को आर्थिक विधेयक पारित, प्रगतिशील कर प्रणाली लागु गरिएकाे छः आङ्म्बो

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

विराटनगर ६ असार ।
प्रदेश १ को प्रदेशसभा बैठकले आर्थिक विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ । आज विधेयकमाथि उठेका प्रश्नको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले दिएपछि विधेयक पारित भएको हो ।

प्रगतिशील कर प्रणालीका आधारमा सबै करलाई व्यवस्थित गरिएको उहाले बताउनु भएको छ । मन्त्री आङ्बाले कर नबढाई करको दायरलाई मात्र फराकिलो बनाइएको जानकारी दिनुभयो ।

मन्त्री आङ्म्बोले प्रदेश सरकारले स्थानीय खोलाबाट निकासी हुने ढुंगा, गिट्टी बालुवामा समेत आगामी आर्थिक बर्षदेखि कर नलगाइने बताउनु भएको छ । यसअघि प्रकृतिक स्रोत साधान ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निकालिएको कच्च पदार्थको मात्र ठेकेदारले सरकारलाई १३ प्रतिशत कर तिर्ने गरेको थियो ।

क्रसर उद्योगको हकमा यो लागु भएको थिएन । तर प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि क्रसर उद्योगमा संकलन गरी तयारी अवस्थामा बिक्री गरिने ढुंगा गिट्टी र बालुवामा पनि थप १३ प्रतिशत कर उठाउने सरकारले तयारी गरेको हो ।

आर्थिक विधेयकको छलफलमाथि भाग लिदै सांसदहरुले भने १ सय २५ सीसीको मोटरसाइकलको कर घटाएर १ सय भन्दा बढी सीसीको हाल कायम रहेको करको दर बढाउनु पर्ने, ठूला चारपांग्रे सवारी साधनको कर बढाउन माग गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ