पेट्रोलियम पदार्थबाट उठाइएको रकम मुआब्जामा खर्चः मन्त्री पुन

पेट्रोलियम पदार्थबाट उठाइएको रकम मुआब्जामा खर्चः मन्त्री पुन

  • मङ्लबार, असार ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, असार ३ ।
उर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजनाका लागि पेट्रोलियम पदार्थबाट उठाइएको रकम मुआब्जामा खर्च भएको बताउनु भएको छ ।

आज लेखा समितिको बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँका दरले उठाएको रकम कहाँ खर्च भयो भनेर चासो राखेपछि मन्त्री पुनले मुआब्जामा खर्च भएको बताउनु भएको हो ।

उहाले पेट्रोलबाट ३० अर्ब रुपैयाँ संकलन भएकोमा २५ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको बताउनु भयो । बुढीगण्डकी आयोजनाका गोरखा क्षेत्र प्रभावित क्षेत्रका ६४ हजार सर्वसाधारण उक्त मुआब्जा बाँडिएको उहाको भनाइ थियो ।

सरकारले स्वदेशी लगानीमा बुढीगण्डकी जलविद्युत आयोजना बनाउने भन्दै रकमको जोहो गर्न आर्थिक बर्ष २०७३÷७४ को बजेटमार्फत पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउने घोषणा गरेको थियो ।

मन्त्री पुनले बुढीगण्डकीबाट चिनियाँ कम्पनी गेजुवा भागेको भन्ने हल्ला पनि निराधार भएको बताउनु भएको छ । मन्त्री पुनले डेटिकेटेड लाइनमा उद्योगीहरुले तिर्नुपर्ने महसुलका विषयमा छानविन समितिले छलफल गरिरहेको बताउनु भएको छ ।

१८४ ग्राहकको समस्या रहेको भन्दै उहाले समितिको प्रतिवेदन आएपछि थप प्रष्ट हुने बताउनु भयो । मन्त्री पुनले उद्योगीहरुलाई मर्कामा नपर्ने गरी सो महशुल असुल गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ