प्राधिकरणद्वारा छुट तथा पुनःजाँच सर्वेक्षणको समयसीमा फेरि थप

प्राधिकरणद्वारा छुट तथा पुनःजाँच सर्वेक्षणको समयसीमा फेरि थप

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ, जेठ ३२ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणको समयसीमा असार १५ गतेसम्मका लागि थपेको छ । भूकम्प प्रभावित जिल्लामा छुट तथा पुनःजाँच सर्वेको काम नसकिएकाले समय थप गरेको प्राधिकरणले जनाएको छ ।

२०७५ चैत १५ गतेबाट सुरु भएको सर्वेक्षणको काम वैशाख मसान्तभित्र सक्ने भनिएको थियो तर प्राविधिकको आन्दोलनका कारण काम प्रभावित भएको भन्दै जेठ मसान्तसम्म तोकिएको थियो ।

भूकम्प प्रभावितको गुनासो दर्ताको समय सकिएको तर छुट तथा सर्वेक्षणको समय १५ दिन थपिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरे बताउनुभयो ।

तोकिएको समयसीमाभित्र स्थानीय तहमा दर्ता भएका र स्थानीय तहबाट सिफारिस गुनासो केन्द्रीय सूचना प्रणालीमा आउनेक्रम जारी रहेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म केन्द्रीय सूचना प्रणालीमा झण्डै ५८ हजार गुनासा प्राप्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ