कास्की, ३० जेठ । गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वार्ड नं. २५मा स्थापित हेम्जा शाखा कार्यालयबाट पनि कारोबार सुरु गरेको छ ।
बुधवारबाट सुरु भएको उक्त शाखाकार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले े संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बलबन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदाविकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामाभएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवाप्रवाहमासदैव प्रतिबद्ध रहेकोे जानकारी दिए।
कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्षश्री शोभाखर तिमिल्सिना,विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठ, महिला सञ्जालकीअध्यक्षश्री रमा त्रिपाठी लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमको सञ्चालन हेम्जा शाखाका शाखा प्रबन्ध शंकरराज सापकोटाले गरेका थिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन ।
विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले २०७६ जेष्ठ २८ गते सम्ममा रु.३० अर्ब ५५ करोड निक्षेप संकलन गरी रु.२७ अर्ब ४० करोड कर्जा लगानी गरेको बैंकका मुख्य प्रबन्धक संजू प्रसाद जैसवालले जानकारी दिए ।