आइएमई लिमिटेड १९ औं वर्षमा प्रवेश, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्मचारीद्धारा रक्तदान

आइएमई लिमिटेड १९ औं वर्षमा प्रवेश, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्मचारीद्धारा रक्तदान

  • बुधबार, जेष्ठ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २९ जेठ । आइएमई लिमिटेड आजदेखि १९औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ माआइएमईले आफ्नो सेवाप्रथम पटक मलेसियाबाट शुरु गरेको थियो । रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको खोजी सुरु भएसँगै आइएमईले यो सेवा सुरु गरेको थियो ।
‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर पानीपोखरी स्थितआइएमईको केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहितकूल ७० जनाकर्मचारीहरूले रक्तदान गरे ।
आइएमईका हाल मुलुकभर २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ