१ महिनादेखि बन्द धनगढी विमानस्थल खुल्यो

१ महिनादेखि बन्द धनगढी विमानस्थल खुल्यो

  • बुधबार, जेष्ठ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

धनगढी जेठ २९ ।
एक महिना अघिदेखि बन्द धनगढी विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ । धावनमार्ग मर्मतका लागि वैशाख २२ देखि बन्द विमानस्थल आजबाट सञ्चालनमा आउन लागेको हो ।

धावन मार्गको मर्मत सुधार र पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेकाले आजदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो ।

८५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थलका प्रमुख बुढथापाले बताउनुभयो । झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तारलगायतको कार्य सुरु भएको थियो ।

अहिले धनगढी–काठमाडौं रुटमा नेपाल एयरलाइन्स, बुद्ध र श्री एयरलाइन्सले दैनिक ५ वटा उडान भर्दै आएका छन् । विगत एक महिनादेखि हवाइ सेवा बन्द हुँदा हवाई यात्रुलाई मर्का परिरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ