सांग्रिला डेभलपमेन्ट बैंकद्वारा संध्याकालिन तथा होलिडे काउण्टर संचालन

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा संध्याकालिन तथा होलिडे काउण्टर संचालन

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, २० जेठ ।
यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले देशभरका बिभिन्न शाखा कार्यालयहरुबाट संध्याकालिन काउण्टर तथा होलिडे काउण्टर सन्चालन गर्ने भएको छ ।
यहि जेठ १५ गते देखि संध्याकालिन काउण्टर र १८ गते देखि होलीडे काउन्टरको सुविधाहरु थप गरिएको बैंकले जनाएको छ ।
सोही बमोजिम आप्mना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा ए.टी.एम.हरुबाट ग्राहकहरुलाई बैंकि¨ सेवा प्रदान गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको छ ।
थप गरिएका संध्याकालिन तथा होलीडे काउण्टरहरु मध्ये काठमाण्डौ उपत्यका भित्र ४ ओटा शाखाहरु रहेका छन् । थप गरिएका संध्याकालीन तथा होलीडे काउन्टर सहित देशभरमा जम्मा १७ ओटा शाखाहरुबाट संध्यकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरि ग्राहकवर्गलाई बैंकि¨ सेवा प्रदान गरिएको बैंकले जनाएको छ ।
सार्वजनिक विदाको समयमा पनि बैंकि¨ सेवा प्रदान गर्न शुरु गरिएको यस विकास बैंकको होलिडे काउण्टर सेवा अन्तर्गत काठमाण्डौ तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रमा विभिन्न शाखाहरुबाट १८ गते बिहान १० बजे देखि ३ बजे सम्म बैंकि¨ सेवा खुल्ला रहने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ