नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समझदारी

नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समझदारी

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, २० जेठ ।
हवाइ सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट प्रतिपादित मापदण्ड तथा सिफारिसहरु, निर्देशिकाहरु, नागरिक उड्डयन सम्बन्धी ऐन, नियम तथा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रममा रहेका प्रावधानहरुको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उक्त प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच सो सम्बन्धी समझदारीपत्र आदान प्रदान गर्नुभयो ।
समझदारीबारे कुराकानी गर्दै उक्त प्राधिकरणका हवाई सुरक्षा निर्देशक देवचन्द्र लाल कर्णले विश्वका सम्पूर्ण हवाईको नियमन गर्ने संस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनद्वारा प्रतिपादित कानुन सबै सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने बताउनुभयो । नेपालका सबै विमानस्थलको सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी र प्राधिकरणबीचको यस समझदारीले सबै विमानस्थलमा अझै गुणस्तरीय सुरक्षा सेवा प्रदान गर्न मद्धत पुग्ने भएकोले समझदारी गरिएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्राधिकरणका उच्चपदस्थ अधिकारीहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ