‘बजेटले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेन’

‘बजेटले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेन’

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, जेठ २० ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेट खुद्रे आयोजनामा अल्मलिएको बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा भाग लिँदै उहाँले सरकारले ठूला आयोजनामा ध्यान नदिएको बताउनुभयो ।

संघीयताको मर्म विपरीत प्रदेश तथा स्थानीय तहहरुले सम्पन्न गर्नुपर्ने काम पनि आफैले राखेर सरकार टुक्रे आयोजनामै अल्मलिएको उहाँले आरोप लगाउनुभयो । बजेटमार्फत सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुरा नहुने पनि उहाँले दावी गर्नुभयो ।

सरकारले लिएको ५ लाखलाई रोजगारी दिने लक्ष्य पनि उडन्ते लक्ष्य भएको टिप्पणी गर्नुभयो । २९ प्रतिशत वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्नुको कारण मलेसियाको रोजगारी भएको बताउनुभयो । उहाँले वैदेशिक ऋण परिचालनको लक्ष्य पनि पूरा नहुने बताउनुभयो ।

व्यापारघाटा न्युनीकरण गर्ने उपाय बजेटमा आफूले पढ्न नपाएको गुनासो उहाँले गर्नूभयो । सरकारले आगामी आर्थिक वर्षका लागि सिञ्चाईं क्षेत्रका लागि २३ अर्ब रुपैयाँ बजेट छुट्याएको भन्दै त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । बजेटले जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा नराखेको उहाँको आरोप थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ