काठमाडौं, जेठ १९ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद योगेश भट्टराईले सांसदलाई दिने भनिएको ६ करोड रकमबारे अनावश्यक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।
आज प्रतिनिधिसभामा अर्थमन्त्रीले प्रस्तुत गरेकोे बजेट वक्तव्यको टिप्पणी गर्दै उहाँले सांसदलाई दिएको रकम कसैले व्यक्तिगत रुपमा चलाउने नभएकाले गलत टिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले भारतले अहिले पनि सांसदबाट ८ करोड खर्च गर्ने बताउनुभयो ।
सांसद भट्टराईले सरकारले ल्याएको बजेट ०५१ सालपछिकै उत्कृष्ट रहेको दाबी गर्नुभयो । अघिल्लो वर्ष संघीयताको जग मानिएको उल्लेख गर्दै उनले बजेटले आगमी वर्ष द्रुत आर्थिक विकासको वर्ष मानिएको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline