२०३० सम्ममा जनतामा प्रशोधित शुद्ध पानी र्पुयाउँछौँ:  मन्त्री मगर

२०३० सम्ममा जनतामा प्रशोधित शुद्ध पानी र्पुयाउँछौँ:  मन्त्री मगर

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भक्तपुर १८ जेठ ।
खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सरकारले आउँदो २०३० सम्ममा देशभरका जनतामा प्रशोधित शुद्ध पानीको पहुँच र्पुयाउने लक्ष्य लिएको बताउनु भएको छ ।

आज सूर्य्विनायक नगरपालिका वडा नं.८ मा सिपाडोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण सुरु गरेको ३ लाख लिटर क्षमताको नयाँ पानी ट्यांकीको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा सूर्य्विनायक नगरपालिकाले छिटोभन्दा छिटो खानेपानीको पहुँच बढाउँदै एक घर एक धाराको अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उहाँले चर्चा गर्नुभयो ।

सरकारले खानेपानीमा लगानी गरेको तीन वर्षमा सक्नुपर्ने आयोजनाहरु ५ वर्षमा पनि नसकिने र राज्यले पर्याप्त बजेट दिन नसक्दा कयौ आयोजनाहरु अलपत्र अबस्थामा रहनु बिडम्बना भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ