१६ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट संघीयताको मर्मत विपरीत आएको बताएका छन् । राजधानीमा बिहीबार आयोजित अन्तक्र्रियामा डा. महतले प्रदेश र स्थानीय तहका आयोजना पनि आफैसँग राखेकाे भन्दै सरकारको प्रचारमूखी चरित्र बजेटमा पनि प्रतिबिम्बित भएको टिप्पणी गरे ।
नीति तथा कार्यक्रममा जस्तै बजेट पनि आत्मप्रशंसामै केन्द्रित भएको भन्दै उनले आर्थिक समृद्धिको आधार तयार भएको कुरा गरेर अफवाह फैलाउन खोजेको आरोप लगाए ।
अघिल्लो वर्ष ल्याएको बजेट नै कार्यान्वयन गर्न नसकेको अवस्थामा नयाँ बजेटमा धेरै नाराहरु समेट्नु हास्यास्पद रहेको उनले टिप्पणी गरे । ५ लाखको रोजगारी सिर्जना गर्ने सरकारको घोषणालाई पनि उनले हचुवाकाे संज्ञा दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline