झापा।
“समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गर्नुभयो । उद्घाटन कार्यक्रममा मेयर मगरले “अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुको स्कुल पोशाकको लागि बैंकको तर्फबाट प्रदान गरीएको नगद सहयोग पनि हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा मगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुननसक्ने कुरा प्रस्ट्याउनु भयो ।बैंकको शाखाबिस्तार हुँदाबित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमाआर्थिक सम्बृद्धी आउने कुरा बताउनु भयो ।अर्जूनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखास्थापना गरेकोमापनिवहाँलेखुशीव्यक्तगर्नुभयो ।
सिभिल बैंककाप्रमुखमाईक्रो बैकिंगयूवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । सिभिलबैंकले आफ्नाग्राहकवर्ग तथाअन्य सम्पूर्ण सरोकारवालाहरुकाहितलाई ध्यानमा राखीबचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासकालागीउत्पादनमुलक क्षेत्रको लगानीमाजोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसायअभिवृद्विगर्दै जाने कुरा पनिबैंककाक्षेत्र नं १ का क्षेत्रीयप्रबन्धक सन्तोष कुमार बुढाथोकीलेबताउनु भयो ।
सिभिल बैंकको अर्जूनधारा शाखासहित यस बैंकको कुलशाखा संख्या७४पुगेकोेपनि बैंकले जनाएको छ । उक्त शाखाको उद्घाटन समारोहमा मेयर मगरसहित सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकीलगायत बिभिन्न व्याक्तित्वको सहभागीता थियो ।