एनआइसी एसिया बैंकका कर्मचारी र सेवाग्राहीलाई नोबेल हस्पिटलमा छुट

एनआइसी एसिया बैंकका कर्मचारी र सेवाग्राहीलाई नोबेल हस्पिटलमा छुट

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौं, १० जेठ ।
एनआइसी एसिया बैंक लिमिटेड र नोबेल हस्पिटलबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौतासँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहकलगायत बैंकका सबै ग्राहकले नोबेल हस्पिटलमा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र नोबेल अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे  ।

यसअघि एनआई सी एशिया बैंक र एभरेष्ट अस्पताल प्रालिबीच पनि उपचारमा छुट दिने समझदारी भएको थियो । सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५५ देखि १०५ सम्मको छुट पाउने छन् ।
‘बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकका मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ