काठमाडौं ।
सिभिल बैंकले “सम्मान बचत खाता“खोलेका ग्राहकहरुको औषोधपचार खर्च बापतको बीमादाबी रकम भुक्तानी गरेको छ ।
“समृद्धिको लागिसिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले केहि महिना अगाडी ल्याएको “सम्मान बचत खाता”खातामाआकर्षक ब्याजको अलावाऔषोधपचार खर्चमा रु एक लाखसम्म र दुर्घटना मृत्युमा रु सातलाखसम्मको बीमा सुबिधा प्रदान गरिएको थियो ।
औषोधपचारखर्चको बीमादाबी रकम बैंकद्वारा काठमाडौँका रिकेश शाक्य, बिराटनगरका रायचन्दबोथारा र मनोज पोखरेल र लेखनाथका पार्वती बास्तोलालाई प्रदान गरिएको थियो ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ७३ शाखाहरु मार्पmत सेवाप्रदान गरिरहेको र थप ३३ शाखाहरु विस्तार को क्रममा रहेको बैंकले जनाएको छ ।
