बुटवल, वैशाख २९ ।
प्रदेश ५ सरकारले चालू आर्थिक वर्षमा ७ दशमलव ३७ प्रतिशत आर्थिक वृद्धि गरेको छ ।
गत वर्ष प्रदेश ५ को आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत मात्र थियो । यो वृद्धिदर अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो । तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदनमा प्रतिशतका आधारमा यस वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धि प्रदेश ५ ले गरेको उल्लेख छ ।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास वैजनाथ चौधरीले लगानी मैत्री वातावरणले गर्दा आर्थिक वृद्धिदरमा अरु भन्दा प्रदेश ५ अगाडि आएको बताउनुभयो । निजी क्षेत्रको रोजाइ बढ्नु र उद्योग, कृषि, सेवा तथा पर्यटन क्षेत्रमा लगानी बढ्दा आर्थिक वृद्धिदर बढेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline