जुम्ला, २६ वैशाख। जुम्ला विमानस्थल पुनः संचालनमा आएको छ। गत वैशाख ५ गतेदेखि बन्द भएकाे विमानस्थलकाे स्तरोन्नतिको काम सकिएपछि संचालनमा आएको हो।
विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार विमानस्थल संचालनपछि बुधबारबाटै समिट, तारा, सीता र नेपाल एयरलाइन्सका जहाँजले उडान भर्न सुरु गरेका छन्।
विमानस्थलको रनवे काम सबै सकिएको उनले बताए। एपेक्सपृथ्वी र अमित जेभीले ४ करोड ५२ लाखमा विमानस्थल स्तरोन्नतिको जिम्मा पाएका थिए। विमानस्थल पुन: संचालन भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई यात्रा सहज भएको छ।
२०४० देखि यता विमानस्थल मर्मतको काम हुनसकेको थिएन। यसअघि विमानस्थलको कालोपत्रे उप्किएर घाँस उम्रिदा जहाज अवतरण गर्न र उडान भर्न समस्या थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline