तीन वटा कम्पनीले अझै तिरेनन् कर

तीन वटा कम्पनीले अझै तिरेनन् कर

  • बुधबार, बैशाख २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, २५ वैशाख । मध्यमस्तरीय करदाता कार्यालयले कर तिर्न सुचना जारी गरेपनि अझै तीन वटा कम्पनी कर तिर्न आएका छैनन् ।पहिलो चरणमा कार्यालयले कर नतिर्ने ३२ जनाको सूची पत्रिकामा प्रकाशन गरेकाे थियाे ।

कर नतिर्नेमा सुधीर बस्नेतको ओरियन्टल र कोहीनुर छ भने अखिलेश कुमारको परी फलफूल कम्पनी र  अर्को लोक इलेक्ट्रोनिक्स सप रहेका छन् ।

कर तिर्न नआएकाको बैंक खाता रोक्का गर्न मध्यमस्तरीय करदाता कार्यालयले बैंशाख २ गते राष्ट्र बैंकलाई पत्र पठाइसकेको छ । तर राष्ट्र बैंकले बैंकहरुलाई खाता रोक्न परिपत्र गरेपनि बस्नेतको खाता यस अघि नै रोक्का भइसकेको बुझिएको मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर प्रशासक झक्क आचार्यले बताए ।

करदाता कार्यालयले लगातार कर नतिर्ने र सम्पर्कमा पनि नआउने करदाताको नाम कर तिर्न आउने १५ दिनको समय दिएर राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने गर्छ ।

राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गरेपछि करदाताहरु धमाधम कर तिर्न आउने गरेको मध्यमस्तरीय करदाता कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ