काठमाडौं, १६ वैशाख । क्याप्टेन विजय लामालाई नेपाल वायुसेवा निगमले प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले जानकारी दिए।
एक साता अगाडि क्याप्टेन लामाले एक अन्तरवार्ताका क्रममा तनाव र थकानमा उडान गर्नुपरेको बताएपछि उनलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेको थियो। लामाको जवाफ चित्तबुझ्दो नभएपछि प्राधिकरणले वायुसेवा निगमसमक्ष लामालाई दोहोरो जिम्मेवारी नदिन निर्देशन दिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline