स्वास्थ्य संस्थाको अनुगमन आइतबारदेखि, मलेसियाले पठाएको मापदण्डका आधारमा छनाैट हुने !

स्वास्थ्य संस्थाको अनुगमन आइतबारदेखि, मलेसियाले पठाएको मापदण्डका आधारमा छनाैट हुने !

  • आइतवार, बैशाख ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं , ८ वैशाख।  सरकारले मलेसियाले पठाएको मापदण्डका आधारमा नयाँ स्वास्थ्य संस्था छनोट गर्ने तयारी गरेकेा छ । त्यसका लागि इच्छुक स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन हुँदै छ । अहिलेसम्म मलेसिया रोजगारीका लागि दुई सय ९० स्वास्थ्य संस्था इच्छुक देखिए पनि अनुगमन तथा निरीक्षणपश्चात मापदण्ड पुगेका स्वास्थ्य संस्थामात्रै छनोट हुनेछन्।

अनुगमनका लागि मन्त्रालयको विशेष टोलीले चारवटा समूह बनाएकाे छ ।  उपत्यकाका साथै बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेजसमेत मलेसियाको स्वास्थ्य परीक्षण गर्न इच्छुक देखिएका छन्। मन्त्रालयको विशेषज्ञ समितिको सचिवालयले सूचना जारी गरी प्राविधिक टोलीलाई आवश्यक विवरण दिएर सहयोग गर्न आह्वान गरेको छ।

स्वास्थ्य संस्था निरीक्षणका लागि तीनवटा टोली उपत्यकाबाहिर खटिने भएको छ। एक टोलीले उपत्यकाभित्रका स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ। मन्त्रालयले मलेसियामा मात्र नभई विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थाको निरीक्षण गर्नेछ। टोलीमा तीन जना स्वास्थ्य प्राविधिक र एक जना मन्त्रालयका अधिकृत रहनेछन्। मन्त्रालयले नयाँ संस्थाको विशेष अनुगमन गर्ने भएको हो।

मन्त्रालयले मलेसिया स्वस्थ्य परीक्षणका लागि मापदण्डसहित आवेदन दिन चैत २३ गते सम्पूर्ण स्वास्थ्य संस्थासँग आवेदन मागेको थियो। मन्त्रालयका अनुसार पहिले सुचीकृत भएका दुई सय २६ वटा र थप एक सय २६ वटा स्वास्थ्य संस्थाले समेत मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न रुची देखाएका छन्। श्रम मन्त्रालयका अनुसार विभिन्न देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने तीन सय ५२ स्वास्थ्य संस्था इच्छुक देखिएका छन्। तर, मलेसिया रोजगारीका लागि दुई ९० वटा स्वास्थ्य संस्था इच्छुक छन्।

यसअघि मलेसियामा ३७ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी