बारा, २३ चैत ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य जारी छ । हाल पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेकेा छ ।
भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ। मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ।
पाइपलाइन निर्माण गर्ने स्थानमा निकुञ्ज क्षेत्रपर्ने भएकाले माघ ३ गतेको मन्त्रिपरिषद्ले रुख काट्न निर्णय गरेपछि त्यसको डेढ महिनाबाट काम सुरु भएको जनाउदै आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख प्रदीपकुमार यादवले अहिले काम भइरहेकेा बताए ।
६ हजार ५ सय ६३ रुख काटिँदै छन्। जंगलको ९ किमिमध्ये २ किमि क्षेत्रमा पाइप विस्तार गरी सकिएको छ। काटिएका रुख व्यवस्थापन गर्दै पाइप विस्तार गर्ने काम जारी राखिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline