अब जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा

अब जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा

  • शुक्रबार, चैत्र २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

२२ चैत, काठमाडौं ।

सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गर्नुभयो ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभासद कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, शिवालय गाँउपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मा लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी,व्यवसायीलगायतको उपस्थिती थियो ।

उद्घाटन समारोहमा बोल्दै शाहीले अहिले पनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग गर्ने र सो ४०% भित्रको ४२%ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको रबैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याउनु भयो ।
ग्रामीण भेगमा बैंकको शाखाबिस्तार हुँदाबित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमाआर्थिक सम्बृद्धी आउने कुरा वहाँले बताउनु भयो ।
स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखाजाजरकोट जिल्लाको शिवालयगाँउपालिकामा स्थापना गरेकोमाशिवालयगाँउपालिकाकाअध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गर्नुभयो ।
सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा बित्तीय पहुँच पु¥याउने नितीलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोटजिल्लाको शिवालय गाँउपालिकामा शाखा संचालनमा ल्याई जिल्लावासीलाई सहयोग गर्न पाएकोमाउहाँले खुसी ब्यक्त गर्नुभयो । सिभिलबैंकले आफ्नाग्राहकवर्ग तथाअन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासकालागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले बताउनु भयो ।
सिभिल बैंकले हाल सम्म करीब ३००,००० ग्राहकहरु रहेको, करीब रु.४४अर्व निक्षेप परिचालन गरीकरीब रु.४४अर्व कर्जा लगानी गरेको छ ।शिवालय शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ