सनराइज बैंक लिमिटेडको ठेंचो शाखा विस्तार

सनराइज बैंक लिमिटेडको ठेंचो शाखा विस्तार

  • आइतवार, चैत्र १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौँ, १७ चैत ।

सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सेवासुविधा उपलब्ध गराउन शाखा विस्तार गर्ने क्रममा ललितपुरस्थित ठेंचोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र बैंक सञ्चालक समितिका सदस्य ई बच्छराज तातेडले आज संयुक्त रmपमा उद्घाटन गर्नुभएको बैंकले जनाएको छ ।

सञ्चालक समितिका सदस्यद्वय ओमकृष्ण जोशी र शारदा शर्मा पुडासैनी, नायब महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका पदाधिकारीको उपस्थिति थियो । योसमेत गरी बैंकको शाखा सङ्ख्या १०४ पुगेको बैंकले जनाएको छ । बैंकले मुलुकभर २८ शाखारहित बैंकिङ सेवा, चार एक्सटेन्सन काउण्टर, ११९ एटिएममार्फत आफ्ना पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ