काठमाडौं, १० चैत ।
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सरकारसमक्ष माग गरेका छन्।
प्रतिनिधिसभा बैठका गच्छदारले प्रधानमन्त्रीले सार्वजनिक रुपमा भाषणमा चुनौती दिनु ठिक नभएकाे भन्दै विगतमा माओवादीसँग शान्ति सम्झौता गरेजस्तै पुनः सम्झौता गर्न माग गरे।
‘वार्ता गर्नुपर्यो। जसरी माओवादीलाई नेताहरूले शान्ति प्रक्रियामा ल्याउनुभयो, त्यसरी नै छलफलबाट शान्तिप्रक्रियामा ल्याएर समस्याको समाधान गर्नुपर्छ।‘ गच्छदारले भने । उनले सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा लगायततर्फ देखाउँदै भने- ‘यही हुनुहुन्छ- सभामुखज्यू, गृहमन्त्रीज्यू….। त्यसरी नै वार्ता गर्नुपर्यो।‘
सिके राउतसँग ११ बुँदे सहमति गरेर राम्रै काम गरेकाे तर्क गर्दै उनले अलग देशको माग गर्नेसँग वार्ता गरी विखण्नको विजारोपण निर्मूल पारेकाे बताए ।
तर पुनः विखण्डनको माग नउठ्ने कुराको जिम्मा सरकारले गर्नुपर्ने तर्क गर्दै उनले भने- अब पनि विखण्नको विचारले टाउको उठाउँदैन भन्ने कुराको ग्यारेन्टी सरकारले लिनुपर्यो। जिम्मेवारी लिनुपर्यो।’सहमति राम्रै भएपनि त्यसले सार्थकता लिन्छ लिँदैन भविष्यले बताउँछ’।