चैत्र ७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले ईलामको चुलाचुलीको फुडनाममा प्रहरीले जनतालाई दुखः दिएको, महिला माथि अस्लील शब्दमा गालीगलौज र धम्की दिनुका साथै स्थानीय जनताको कन्चटमा पेस्तोल ताकेर त्रसित बनाएको भन्दै आपत्ति जनाएको छ ।
मेची ब्युरोका कार्यलय सदस्य तारा थापाले एक विज्ञप्ति जारी गरी पार्टीको शान्तिपूर्ण अभियान चलिरहेको क्षेत्रका जनताकोमा पुगेर हतियार सहितको प्रहरीले जनतालाई त्रसित बनाउनुका साथै पार्किङ गरेर राखेको मे ७ प ६१० नम्बरको होण्डा साइन, को ४ प ७२३ नम्बरको बजाज पल्सर, र को ८ प १४५६ नम्बर को तीन वटा मोटरसाईकल लुटेर लगेको बताए ।
उनले विज्ञप्तिमा प्रहरीले लगेको मोटरसाईकल अविलम्व फिर्ता गर्न र दमन रोक्न ईलाम प्रशासनलाई चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline