मृगौला पिडित पूर्व विद्यार्थी नेता मल्लकाे आइसियुमा उपचार जारी, सहयोग गरिदिन सबैमा अपिल

मृगौला पिडित पूर्व विद्यार्थी नेता मल्लकाे आइसियुमा उपचार जारी, सहयोग गरिदिन सबैमा अपिल

  • बुधबार, चैत्र ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडाैं ।
अखिल (क्रान्तिकारी)का पूर्व नेता केबी मल्लकाे दुबै मृगौला कमजोर भएपछि आइसियुमा राखेर उपचार भइरहेकेा छ ।जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ । याे निकै क्रिटिकल अवस्था भएकाे उनकाे उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् ।
स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उनलाई काठमाडाैं अस्पतालको आइसियु कक्षमा राखिएको छ । उनको मंगलबार आइसियुमा राखेर डाइलाइसिस गरिएको छ ।  उनी जनयुद्धकालमै जाजरकोटको विद्यार्थी आन्दोलनको नेतृत्व गरेर आएका नेता हुन् ।
मृगौलामा केही समस्या देखिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा अहिले गम्भीर अवस्था आएको उनले बताए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ । उनको उपचारमा लागेका मल्लका भाइ टेकराज मल्लले आफ्ना दाजुको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन देशविदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् । उनले पछिल्लो समय संसारभर छरिएर रहेका नेपालीहरुकै सहयोगका कारण धेरै नेपालीहरुको ज्यान जोगिएको भन्दै राष्ट्रका लागि योगदान गरेका आफ्ना दाजुलाई पनि सहयोग जुट्ने आशा गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ