योगेशतिर कर्के आँखा लगाउँदै केपी ओलीले भने– एउटा खाइलाग्दो केटा छ, मन्त्री खा भन्दा खान्न भन्छ रे !

योगेशतिर कर्के आँखा लगाउँदै केपी ओलीले भने– एउटा खाइलाग्दो केटा छ, मन्त्री खा भन्दा खान्न भन्छ रे !

  • मङ्लबार, चैत्र ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

काठमाण्डु, ५ चैत– प्रधानमन्त्री केपी ओलीले विराटनगरको एक कार्यक्रममा भएको भेटमा नेकपाका युवा नेता योगेश भट्टराईलाई छेड हानेर भने, ‘एउटा खाइलाग्दो केटो छ, मन्त्री खा भन्दा खान्न भन्छ ।’
जवाफमा योगेशले फ्याट्ट भनिहाले– ‘म मन्त्री खान्छु, ल सपथ गराउनुस् ।’ धेरै मानिसका बीचमा योगेशले मन्त्री खान्छु भनेपछि ओली अकमकिए । योगेश त्यत्तिमै रोकिएनन् । उनले भने– ऊ त्यो हलमा अहिल्यै सपथ गराउनूस् । प्रधानमन्त्री ओलीले त्यसरी नहुने जवाफ दिए । योगेशले फेरि थपे– सपथ गराउने तपाईं यहीं हुनुहुन्छ । मन्त्री खाने म छु । तपाईंको पिएलाई भनेर नियुक्तिपत्र बनाउन लगाउनूस्, अहिल्यै सपथ खान्छु । त्यसपछि ओलीले टार्ने पारामा जवाफ दिए, ‘अर्का अध्यक्ष (प्रचण्ड) नेपालमा नभएका बेला मन्त्री बनाउन मिल्दैन ।’ हक्की स्वभावका योगेश नेताहरुसँग कुरा गर्दा जहिल्यै सिधासिधा बोल्न सक्छन् । कारण हो, उनमा भएको मनोबल । पछिल्लो समय सरकार र पार्टीमा खासै जिम्मेवारीमा नरहे पनि उनले अप्ठेरो परेका बेला पार्टी र सरकारको सशक्त बचाउ गरिरहेका छन् योगेशले ।

चिकित्सा शिक्षा विधेयकमा गोविन्द केसीको ‘इन्ट्रेस्ट’ विपरीत उभिएका उनले विधेयक संसदबाट पास गराएर त्यसलाई किराना लगाएरै छाडिदिए । उक्त प्रकरणका कारण योगेशको काँग्रेस र केसी पक्षधरले विरोध गरे पनि नेकपामा उनको उचाई थप बढेको छ । नेकपाका नेताहरुले नै ‘काम थालेपछि योगशले पार लगाएरै छाड्छ’ भन्न थालेका छन् । तर, पनि प्रधानमन्त्री ओली उनलाई मन्त्री बनाउन आनाकानी गरिरहेका छन् ।

रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेशको चर्चा छ । प्रधानमन्त्री ओली पनि सरकार र पार्टीलाई अप्ठेरो परेका बेला साथ दिएकाले यो पटक योगेशलाई अन्याय नगर्ने मनस्थितिमा पुगेको दाबी बालुवाटार स्रोतको छ । ताप्लेजुङमा निर्वाचन प्रचारमा गएका प्रधानमन्त्री ओलीले मतदातालाई योगेशलाई ‘सांसद जिताएर पठाउनूस्, मन्त्री बनाउने जिम्मा मेरो’ भनेका थिए । तर, बचन पूरा नगरेको भन्दै ओलीको आलोचना हुने गरेको छ ।

काठमाण्डुटुडे बाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ