सिके राउतले खोले जनमत पार्टी, ३५ सदस्यीय केन्द्रीय समिति गठनः यस्ता छन् बैठकका निर्णयहरू

सिके राउतले खोले जनमत पार्टी, ३५ सदस्यीय केन्द्रीय समिति गठनः यस्ता छन् बैठकका निर्णयहरू

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडाैं, ४ चैत ।

पृथकतावादी गतिविधि गर्दै आएका सिके राउतले सरकारसगँ भएको सहमति पछि केन्द्रीय परिषद्को बैठक बसाएर जनमत नामक पार्टी खोल्ने निर्णय गरेका छन् ।
उक्त पार्टी राउतकै नेतृत्वमा ३५ सदस्यीय रहने छ । होली पछि उक्त पार्टी निर्वाचन आयोगमा दर्ता गरिने जनाईएको छ ।बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ ।

केन्द्रीय समितिका सदस्यहरुमा सप्तरीका सुरेन्द्र शर्मा र वविता इसर रहेका छन् भने महोत्तरीका कैलाश महतो, संजय यादव र चन्दन सिंह छानिएका छन् ।

त्यसैगरी सिरहाका राजकुमार यादव र सतिला यादव पनि केन्द्रीय सदस्य बनेका छन् । बर्दियाका अब्दुल खान र झापाकी कौशिला महतो केन्द्रीय सदस्य बनेका छन् ।

त्यस्तै मोरंगका परमेश्वर मुर्मु, सुनसरीका सीताराम पण्डित, धनुषाका इन्द्रजीत यादव, सर्लाहीका नरेश कुसवाहा, रौतहटका बिरेन्द्र साह र बाराका दिनेश यादवलाई केन्द्रीय सदस्य बनाइएको छ ।

त्यसैगरी ३५ सदस्यीय केन्द्रीय कमिटीमा पर्साका सञ्जय साह, नवलपरासीका ध्रुब गौड र दुर्गा चौहान, रुपन्देहीका भोपेन्द्र यादव, कपिवस्तुका हरिकुला खान, दांगका राधा यादव, बाँकेका इरफान अहम शेख, कैलालीका महेन्द्रप्रसाद चौधरी र सुनसरीका आशा मेहता छन् ।

परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमासेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिनेछ । उक्त पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राखिने निर्णय गरिएको छ । पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरिएको छ ।

यस्ता छन् बैठकका निर्णयहरू 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ