डडेल्धुरा, चैत ४ । डडेल्धुराको केआइ सिंह राजमार्गअन्तर्गत् सकायलनजिकै सोमबार एक ‘हाइस’ दुर्घटना हुँदा १० जना यात्री घाइते भएका छन् ।
डोटीको सिलगढीबाट कैलालीको धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको माइक्रोबस बिहान १०ः३० बजेतिर गन्यापधुरा गाउँपालिका–३, गुयलखेतमा दुर्घटना भएको हो ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित डडेल्धुरा अस्पताल लगिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline