एमाले माओवादी एकताः कोहि हरर, कोहि तरर ?

एमाले माओवादी एकताः कोहि हरर, कोहि तरर ?

जनयुद्ध लडेका कार्यकर्ताको मुल्याकंन नभएको गुनासो तीव्र

  • सोमवार, चैत्र ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

चैत्र ४ काठमाण्डौं । तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको दश महिना भईसकेको छ । तर अझै पनि तल्लो तह सम्म एकता प्रकृया पुरा हुन सकेको छैन ।
यस बीचमा विभिन्न विवाद, असन्तुष्टीहरु तीव्र छन् । केन्द्रीय तहमै कहिले दुई अध्यक्ष ओली र प्रचण्डका बीचमा त कहिले ओली विरुद्ध अन्य स्थायी समिति सदस्यहरु माधव कुमार नेपाल,झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार देखि विभिन्न असन्तुष्टी कायम राखिनै रहेका छन् ।
अर्कोतिर सिके राउतसगँ भएको सम्झौताको बिरुद्ध अर्का नेता भीम रावल खुलेर नेतृत्व र सरकार विरुद्ध लागिरहेका छन् र उनलाई केही सदस्यहरुले साथ दिईरहेका छन् ।
अझ प्रदेश र जिल्ला कमिटि सम्म जादा सिफारीसमा नाम नपरेकै कारण धेरै कार्यकर्ता असन्तुष्ट थिए भने हिजो विभिन्न प्रदेश कमिटिमा शपथ खुवाउने क्रममा सिफारीस भएर पनि नाम नपरेका कार्यकर्ताहरुले असन्तुष्टी जनाईरहेका छन् ।
एक नम्बर प्रदेशमा जनयुद्ध लडेका मान्छे भन्दा गुट र पैसाको चलखेल गर्ने मान्छे प्रदेश कमिटिमा नपरेको भन्दै पुराना माओवादी कार्यकर्ताहरुमा तीव्र असन्तुष्टी बढेको छ ।
नाम उल्लेख नगर्ने शर्तमा एक असन्तुष्ट कार्यकर्ताले अब पार्टीले आफूहरुको ईतिहासमाथि अवमुल्यन गरेको भन्दै नयाँ विकल्पबारे सोच्न बाध्य हुने चेतावनी दिए ।
खास गरी माओवादी केन्द्रबाट जनयुद्ध लडेर आएका ईमान्दार कार्यकर्ताहरुले आफूहरुलाई पछि पारिएको भन्दै असन्तुष्टी बढेको छ । युद्ध लड्यौ, घाईते भयौं , पार्टी निर्माण गर्न दुखः गर्यौ तर अहिले प्रदेश कमिटिमा समेत नपार्नु दुखद भएको उनीहरुको गुनासो छ ।
खास गरी झापा जिल्लाबाट पुराना कार्यकर्ताको नाम काटेर आफ्ना झक्तलाई मात्रै सिफारीस गर्ने काम नेता राम कार्कीले गरेको गुनासो उनीहरुको आरोप छ ।
यस अघि दुई पार्टीबाट सयुक्त केन्द्रीय समिति निर्माण गर्दा पनि पुराना नेताहरुको नाम नपरेको भन्दै सार्वजनिक रुपमै धेरै असन्तुष्टी जनाईएको थियो ।
खास गरी माओवादी शान्ति प्रकृया पछि जोडिएका मान्छेहरु माओवादीको कोटाबाट विभिन्न कमिटिमा पर्ने तर पुराना मान्छेको अवमुल्यन हुने भए पछि खुसी हुनेहरु हरर हुईकिए पनि पछि पारीएका पुराना मान्छेहरु तरर आशुँ खसाउनु पर्ने स्थितिमा पुगेको टिप्पणी शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी