विप्लव ने.क.पा.का पोलिटब्युरो सदस्य कार्कीलाई राजद्रोहको अभियोग, अनुसन्धानका लागि पाँच दिन म्याद थप

विप्लव ने.क.पा.का पोलिटब्युरो सदस्य कार्कीलाई राजद्रोहको अभियोग, अनुसन्धानका लागि पाँच दिन म्याद थप

  • आइतवार, चैत्र ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं चैत्र ३ ।

सरकारले प्रतिवन्ध घोषणा गरे लगत्तै पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’लाई सरकारले राजद्रोहको अभियोग लगाएको छ ।

शुक्रबार राति सिआईबीले पक्राउ गरेर सार्वजनिक नगरी राखिएका नेता जीवन्तलाई आज बिहान टेकु चौकीमा लगेर अदालतमा ल्याई सो मुद्दा दायर गरिएको हो ।
जिल्ला अदालत काठमाण्डौंले जीवन्तलाई पाच दिनको म्याद थपेको छ ।

सो पार्टी गठन भएर आएपछि पहिलोपटक कुनैपनि नेतालाई राजद्रोहको अभियोग लगाएको यो पहिलोपटक हो । सोही अभियोगमा मुद्दा चलाउने तयारी सरकारले गरेको छ । आफूहरु देशको स्वाधीनता र जनताको अनधिकारको लागि शान्तिपूर्ण एकीकृत जनक्रान्तिको कार्यदिशासाथ जनतामाझ् राजनीतिक गतिविधि गरिरहेको प्रतिक्रिया आइतबार अदालतमा परिसरमा उपस्थित संचारकर्मीहरुलाई दिए ।

नेता जीवन्तलाई गिरफ्तार गरेयता आइतबार बिहान ११ बजेतिर मात्र महानगरीय प्रहरी परिसर काठमाडौंको टेकुबाट सार्वजनिक गरिएको थियो । गिरफ्तारपछिलगत्तै कालो चश्मा र त्यसमाथि कालै पट्टी लगाएको र त्यो आजै टेकु ल्याइपुर्याएपछि मात्र खोलिएको समेत उनले जानकारी दिए । ‘राज्य साँच्चिकै फासीवादी बनेको छ, यो फासीवाद धेरै टिक्दैन’ उनले भने

आजै काठमाडौं जिल्ला अदालतले अखिल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय संयाेजक राजु कार्कीलाई थप ४ दिन र युवा संगठनका जयराम डंगोललाई आजै तीन दिन म्याद थप गरेकाे छ । जीवन्त, कार्की र डंगोल तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ । महासंघका संयोजक कार्कीलाई फागुन २१ गते राजधानीको सामाखुशी र डंगोललाई फागुन १५ गते दिउँसो ४ बजे जोरपाटीबाट गिरफ्तार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ