लाहान ३ चैत्र । जेलबाट सर्वोच्चको आदेशमा रिहा भएकै भोली पल्प सरकारसगँ ११ बुदे सम्झौता गरेका सिके राउतले आफ्नो समुहको परिषद् बैठक लाहानमा बोलाएका छन् ।
नेपाली नागरिकताको प्रमाण पत्र सहित आउन उर्दी गरिएको उक्त बैठकमा प्रहरी र पत्रकारलाई भने प्रवेश निषेध गरिएको छ ।
राउतले पृथकतावादको मुद्धा छाडेको जस्तो देखिए पनि स्वतन्त्र अभिमतबाट टुंगो लगाउने भने घुमाउरो भाषामा जनमत संग्रहको कुरा सहमति भएको भन्दै यसको विरोध सर्वत्र भईरहेको छ ।
राउतले सम्झौताकै भोलीपल्ट जनकपुरमा बुलेटप्रुफ ज्याकेट र कालो मास्क सहितको दस्ता देखाएर स्वतन्त्र मधेशको ब्यानर सार्वजनिक भए पछि अझ शका बढेको छ ।
राउतले बैठकबाट आगामी रणनीति बनाउने र खुल्ला राजनीतिमा जाने तयारी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline