कपिलवस्तु, १ चैत्र ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) लाई राजनैतिक प्रतिबन्ध लगाउनु गलत भएकाे बताएका छन् ।
ने.क.पा.लाइ प्रतिबन्ध लगाउनुकाे साटाे वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिनुपर्ने बताए ।
नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नं २ ले यशोधरा गाउँपालिकामा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले विप्लव ने.क.पा.लाई सहमतिमा ल्याउने मुख्य जिम्मेवारी सत्तारुढ दलका नेता पुष्पकमल दाहालकै रहेको पनि बताए ।
सो अवसरमा नेता पौडेलले सिके राउतले विखण्डनकारी निति अझै नछोडेको भन्दै सिके राउतले सरकारलाई नराम्ररी झुक्याएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline