विप्लव नेतृत्वको ने.क.पा. माथि प्रतिबन्ध लगाएर सरकारले द्धन्द निम्त्याउदैँ छः नेता सिंह

विप्लव नेतृत्वको ने.क.पा. माथि प्रतिबन्ध लगाएर सरकारले द्धन्द निम्त्याउदैँ छः नेता सिंह

  • शुक्रबार, चैत्र १, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौं, १ चैत ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले द्वन्द्व निम्त्याउन सरकार आफैं लागि परेको बताएका छन्।
नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनाको आज राजधानीमा उद्घाटन गर्दै नेता सिंहले विप्वल नेतृत्वको ने.क.पा.लाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको बताए ।
राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्ने भए पनि एकलौटी निर्णय गरेको भन्दै नेता सिंहले आपत्ति जनाए।
‘राष्ट्रिय सुरक्षामा आएको समस्या समाधाना गर्न अरू दलसँग पनि छलफ गर्नुपर्ने थियो’, उनले भने, ‘तर नेकपाका कतिपय नेताले नै थाहा नपाएको बताएका छन्। दुई तिहाई बहुमत छ भन्दैमा अरू दललाई चासो नदिने?’
नेता सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सबै दलसँग छलफल र वार्ता गरेर निकास निकाल्नुपर्ने बताए। उनले प्रतिबन्ध मात्र समस्याको समाधान नभएको बताएका छन् ।
यस्तै, सरकारले सीके राउतसँग ११ बुँदे समझदारी गरेर नेपालको संविधानको विपक्षमा अघि बढेको आरोप लगाए। उनले सरकारले सीके राउतले जनमतसंग्रह गर्ने सहमति भएको दाबी गरिरहँदा पनि सरकार चुप भएको भन्दै आपत्ति जनाए। ‘सीके राउत र सरकारले मम्झौताबारे दुवैले आआफ्नै व्यख्या गरिरहेका छन्’, उनले भने, ‘सीके राउत जनमतसंग्रहको विषयमा बोल्दा सरकार किन चुप छ?’
नेता सिंहले सरकार जनताले दिएको म्यान्डेटको खिलापमा गएको आरोप लगाए ।
नेपाल टेलिकमलाई अझ प्रभावकारी बनाउन कर्मचारी र ब्यवस्थापन लाई मिलेर अघि बड्न समेत आग्रह गर्दै अधिबेशन सफलताको शुभकामना ब्यकत गरे । अधिबेशन आज र भोलि दुई दिन सम्म चल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ