लाभग्राहीको सूचीमा नपरेकालाई मौका, पुन छुट तथा पुनःजाँच सर्वेक्षण अभियान सन्चालन गर्ने

लाभग्राहीको सूचीमा नपरेकालाई मौका, पुन छुट तथा पुनःजाँच सर्वेक्षण अभियान सन्चालन गर्ने

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बनेपा, ३० फागुन ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिलेसम्ममा लाभग्राहीको सूचीमा नपरेकालाई ‘पुन छुट तथा पुनःजाँच सर्वेक्षण’ अभियान सञ्चालन गर्न लागकोे बताउनुभएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबारदेखि शुरु भएको दुईदिने ‘छुट तथा पुनः जाँच सर्वेक्षण २०७५ प्रशिक्षक÷प्रशिक्षा’ कार्यक्रममा उहाँले अनुदान सम्झौता गर्नुपर्ने सबै काम सम्पन्न गर्ने लक्ष्य पूरा गर्न अभिमुखीकरण मुख्य कोशेढुङ्गा बन्ने बताउनुभयो ।

राष्ट्रिय पुनःर्मिाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (जिमाली)का आयोजना उपनिर्देशक हरिप्रसाद शर्माले काम शुरु गर्नुभन्दा अगाडिका व्यावहारिक कुरा मिलाउन गाह्रो हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । समुदायमा मान्छे चिन्न र कानूनी विषयमा देखिएका समस्यामा समाधान गर्न वडाध्यक्ष र सचिवसँग निरन्तर समन्वय गरेर काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रत्येक जिल्लाबाट जिल्लास्थित जिल्ला सहयोग इञ्जिनीयर र ‘फोकल पर्सन’ गरी दुई जनाका दरले ३२ जिल्लाका सहभागी छन् । प्राधिकरणले पहिला सर्वेक्षण गर्दा गलत सङ्कलन नभएका गुनासाकर्ता र नयाँ दर्ता गरिएका गुनासाको अन्तिम पटक छुट तथा पुनःजाँच सर्वेक्षण गर्न आगामी चैत १५ गतेदेखि सम्पूर्ण भूकम्प लाभग्राही जिल्लामा एकैसाथ स्थानीय तहमा तोकिएको प्राविधिकबाट लगत सङ्कलन गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी