नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौँ, ३० फागुन ।
विसं २०७३ देखि शुरु गरिएको नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । ४७ कार्यालय रहेको अड्डाको पुनर्निर्माण रु तीन अर्ब ४९ करोडमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा रहेको उक्त स्थलबारे जानकारी लिँदै प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपायहरु अपनाई जङ्गी अड्डाको पुनर्निर्माण गरिएकामा खुशी व्यक्त गर्नुभयो ।

भूकम्पबाट क्षति भएका नेपाली सेनाका सबै संरचना सुरक्षित रुपमा पुनर्निर्माण गर्न आग्रह गर्दै उहाँले भूकम्पलगत्तैको राहत र उद्धार कार्यमा सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले भूकम्पबाट क्षति भएका नेपाली सेना अन्र्तगतका संरचनाहरुको पुनर्निर्माण प्राधिकरणको दायित्व भएको बताउनुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राधिकरणको ठूलो सहयोग र राम्रो समन्वयबाट जङ्गी अड्डा लगायतका संरचनाको पुनर्निर्माण भइरहेको बताउँदै आगामी वैशाख १२ गतेभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।

प्राधिकरणको लक्ष्यभित्र सेनाका सबै संरचनाको पुनर्निर्माण सम्पन्न हुने बताउँदै उहाँले सेनाले भविष्यमा निर्माण गर्ने संरचनाहरु पनि सुरक्षित र बलियो बनाउने बताउनुभयो ।

निरीक्षणका क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसहित सहसचिव शिवहरि शर्मा, पिताम्बर घिमिरे, सहसचिव तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेललगायत हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ